छविले अमेरिकाबाट ल्याए हलिउड स्तरको नेपाली भिडियो

डिसी नेपाल
१९ वैशाख २०७८ १२:१९

काठमाडौं। गायक छवि न्यौपानेको स्वर रहेको ‘कुल्चि हिँड्छन् फूललाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकाको सिनसिनाटी ओहायो राज्य निवासी गायक न्यौपानेको कदर एल्बममा समावेश भएको उक्त गीत को म्यूजिक भिडियो बजारमा आए लगत्तै राम्रो चर्चा सुरु भएको छ । गीत संगीतमा रम्न रुचाउने गायक न्यौपाने उपयुक्त समयको पर्खामा रहेको र अहिले आएर एकपछि अर्को गुणस्तरीय गीतहरु बजारमा ल्याइरहेका छन् । मेलिना राईसँगको यो जुनीमा तिम्रो बोलको गीत बजारमा ल्याएको छोटो समयमा नै उक्त भिडियोले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा कमाउन सफल भएको थियो । यो जुनिमा तिम्रोको सफलतासँगै छवीको स्वरमा सजिएको ‘कुल्चि हिँड्छन् फूललाई’ले ब्यबापक चर्चा बटुलीरहेको छ । जसमा मिठा मिठा शब्द शृजना गर्न माहिर गीतकार तथा गजलकार खेम रिजालको शब्द, कुशल संगीतकार तथा गायक कर्मा ग्यान्चेन बम्जनको संगीत रहेको छ ।

अभिनेता सुवास थापाको निर्देशनमा तयार भएको भिडियो अमेरिकामा नै छायांकन गरिएको हो । जसमा सुवास थापा , बिनीता खड्का थापा, सिइला, प्याट्रिक र कृष्टिनको अभिनय देख्न सकिन्छ । भिडियोमा बिनीता खड्का थापाको कोरियोग्राफी रहेको छ । भिडियोमा सुवास र विनिताको कलात्मक अभिनय देख्न सकिन्छ । भिडियोमा माया गर्ने प्रेमीको मायाको सम्मान नगरी उसको प्रेमलाई वेवास्ता गर्दै विदेशी स्त्रीसँगको क्षणीक सम्बन्ध राख्दाको दुर्गतीलाई देखाइएको छ । आफ्नो परिवारलाई बेवास्ता गरेर क्षणीक माया जालमा पर्दाको दुरावस्थालाई भिडियोमा नजिकबाट केलाईएको छ । जसलाई निर्देशक थापाले पछिल्ला दिनमा समाजमा देखिने विकराल परिस्थितीलाई जस्ताको त्यस्तै कथामा उनेका छन् ।

‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेका निर्देशक थापा एक कुशल कलाकार हुन् । पूर्व प्रेमी प्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढावको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् । अराज केशव गिरीको सम्पादन रहेको भिडियो एनपी म्यूजिक हबबाट रिलिज गरिएको छ ।

हेर्नुहोस् भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *