एनआरएनए मेरिल्याण्डमा पराजुली र बरालबीच प्रतिष्पर्धा – Dcnepal

एनआरएनए मेरिल्याण्डमा पराजुली र बरालबीच प्रतिष्पर्धा

 

मेरिल्याण्ड । गैर आवासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड राज्य शाखाको लागि २०१९/२१ को कार्यसमितिको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष राजु पराजुली र सचिव बिष्णु बराल को उमेद्वारी परेको छ। उपाध्यक्षमा सुशिल पगेनी र प्रेम सुवेदी, सचिवमा ज्ञानेन्द्र श्रेष्ठ र प्रविण खड्काको उमेद्वारी परेको छ। कोषाध्यक्षमा रमेश श्रेष्ठ, सह-सचिवमा राजेश रजक, महिला संयोजकमा श्रृजना पौडेल र युवा संयोजकमा संजोग कार्कीको मात्र उमेद्वारी परेको छ। त्यस्तै कार्यसमितिमा ६ जना आवश्यक पर्नेमा ७ जना कमला भुसाल, सीता कुमारी श्रेष्ठ, किरण पण्डित, उत्सव सिग्देल, लोकनाथ मरासिनी, विष्णु प्रसाद पौडेल र रोहन नर्सिङ रानाको उमेद्वारी परेको छ। अध्यक्ष पदका उमेदवार बिष्णु वरालका अनुसार उनको समर्थनमा उपाध्यक्षमा प्रेम सुवेदी, सचिवमा प्रविण खड्का र सदस्य रोहन नर्सिङ राना र त्यस्तै अर्का अध्यक्ष राजु पराजुलीका अनुसार उनका पक्षबाट उपाध्यक्ष सुशिल पगेन, सचिव ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्ष रमेश श्रेष्ठ, महिला संयोजक श्रृजना पौडेल, युवा संयोजक संजोग कार्की र सदस्यहरूमा कमला भुसाल, सीता कुमारी श्रेष्ठ, किरण पण्डित, उत्सव सिग्देल, लोकनाथ मरासिनी र विष्णु प्रसाद पौडेल रहेका छन। तालिका अनुसार यहि मे २९ र ३० गते निर्वाचन हुदैछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो