भक्तपुरमा एकै परिवारका तीन जना बेहाेस, एकजनाकाे मृत्यु

डिसी नेपाल
२१ वैशाख २०७८ १२:४२

काठमाडौं। भक्तपुरको एक परिवारका तीन जना सदस्य वेहोस अवस्थामा भेटिएको र एक जनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका १० मिलन चोकस्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले पक्की घरको भुँइतलामा डेरामा बस्ने तीन जना बेहोस अवस्थामा फेला परेको र उनीहरुध्ये एकजनाको मृत्यु भएका हो।

काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई सूर्यबिनायक नगरपालिका १० मिलन चोक डेरा गरी बस्ने वर्ष ४० वर्षीया शान्तीमाया ब्लोन तामाङ र निजको छोरी सोही स्थान वस्ने वर्ष १८ वर्षीया अनिता तामाङको उपचार भइरहेको जनाइएको छ।  निजको छोरी सोही स्थान बस्ने २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसरका डिएसपी दिपक गिरीले बताए।

उनका अनुसार तत्कालको घटनास्थलको प्रकृति, घाइतेको अवस्था र सोधपुछबाट हेर्दा कोठाका सम्पूर्ण झ्याल ढोका बन्द गरी सुत्केरीलाई सेक्न मकलमा कोइला बालेको कारण आवश्यक मात्रामा अक्सिजनको कमीले गर्दा निस्सासिएर उनीहरु बेहोस भएको हुनसक्ने आशंका गरिएको छ।

अनिता तामाङ सुत्केरी भएकाले सुत्केरीलाई सेकताप गर्ने प्रयोजनार्थ मकलमा बालेको कोठाको सम्पूर्ण झ्याल ढोका बन्द अवस्था रहेकाले उनीहरुको निस्सासिएर ज्यान गएको आशंका प्रहरीले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *