न्यायपरिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको काेराेना संक्रमणबाट निधन

डिसी नेपाल
२१ वैशाख २०७८ १३:००

काठमाडौं। कोभिड–१९ को संक्रमणबाट उपचार गराइरहेका न्यायपरिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ। बलम्बूस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार गराइरहेको अवस्थमा मंगलबार विहान उनको निधन भएको हो।

निराला गत वर्षको न्याय परिषद्को सदस्यको पदमा नियुक्त भएका थिए। उनलाई केही दिन अघि कोरोना संक्रमणभएपछि उपचारको क्रममा बलम्बूस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो। उनी तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिँदा सरकारका महान्यायाधिवक्ता नियुक्त भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *