आफन्तले मुखाग्नी दिन पाउँदैनन्, तर चिताबाट धुँवा उडिरहे छ (फोटोफिचर)

फुर्पा शेर्पा
२१ वैशाख २०७८ १८:१३

काठमाडौं। भारतमा कोरोनाबाट मृत्यु हुने संख्या बृद्धि हुन् थालेपछि चौर चौरमा लाशहरु जलाइएको दृश्य हामीले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखका थियौँ। अहिले यस्तो कारुणिक दृश्य नेपालमै देखिन थालेको छ।

तस्वीरः रासस

कोरोनाबाट मृत्यु हुनेको संख्या बृद्धि हुन् थालेपछि पशुपति आर्यघाट बागमती नदी किनारमै शव जलाउन थालिएको छ। सोमबार पहिलो पटक बागमती किनारामा शव जलाइयो। त्यसले मंगलबार पनि निरन्तरता पाएको छ। सोमबार ३४ वटा शव जलाइएको थियो भने मंगलबार दिउँसो ४ बजेसम्म २० वटा शव जलाइएको छ।
दाहा संस्कारका लागि चिता त बनाइएको छ तर, मृत्यु संस्कारमा न विधि पु्याइएको छ न कोही आफन्तको रुन पाएका छन्। आफन्तले आफ्ना प्रिजयनको अन्तिम बिदाइमा मुखाग्नी पनि दिन नपाएको कारुणिक दृश्य देखिन्छ पशुपति आर्यघाटमा।

पशुपतिको छेउमै रहेको शवदाह गृहमा दैनिक १५ वटा शव जलाउने गरिएकोमा अहिले त्यहाँ धेरै मात्रमा शव आउदा धान्न समस्या परेपछि बागमती नदी किनार मै जलाउन थालिएको हो।

पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवाडका अनुासर कोरोना संक्रमणबाट मृत्यु भएको शवहरु पशुपतिको छेउमै रहेको शवदाह गृहमा जलाउने गरेको थियो। तर अहिले कोरोनाबाट मृत्यु हुने संख्या वृद्धि भएपछि बागमती नदी किनार मै शव जलाउन थालिएको उनले जानकारी दिए।

‘हिजो मात्र कोरोनाबाट मृत्यु भएका ३४ ओटा शवहरु जलाइएको थियो, केही दिन अघिसम्म दिनमा २, ३ ओटा शव जलाउँथे भने अहिले शवको संख्यामा वृद्धि भएको छ,’ निर्देशक डा. खतिवडाले डिसी नेपालसँग भने, ‘नियमित शव जलाउने घाटमा कोरोनाबाट मृत्यु हुने शव मिक्स नगर्ने, नियमित शव जलाउने घाटमा अहिले दिनमा ४० देखि ४५ सम्म शव जलाइएको छ।’

उनले भने, ‘शवदाह गृहमा एउटा शव जलाउन धेरै समय लाग्छ त्यस्तोमा एकै चोटीमा ३४ ओटा शव आउदा व्यावस्था गर्न अप्ठायारो भएपछि बागमती नदी किनार मै शव जलाउन थालिएका छौंं। अहिलेको अवस्था यस्तै छ अप्ठायारो, तर के गर्नु अहिले के गर्ने अवस्था छैन्। सामूहिक दाह संस्कार गर्नु पर्ने अवस्था छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *