अक्सिजन नभएको भन्दै कोहलपुर मेडिकल कलेजले बन्द गर्‍यो कोरोनाका विरामी भर्ना

डिसी नेपाल
२२ वैशाख २०७८ १६:५७

काठमाडौं। बाँकेको कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजले अक्सिजन नभएको भन्दै कोरोनाका विरामी अब भर्ना गर्न नसकिने घोषणा गरेको छ। लर्ड बुद्ध एजुकेशनल एकेडमीद्वारा सञ्चालित कोहलपुर मेडिकल कलेजलाई ३०० बेडको कोभिड १९ डेडिकेट अस्पताल बनाइए पनि अक्सिजन नभएको भन्दै अब विरामी भर्ना गर्न नसकिने अस्पतालले जनाएको हो।

लर्ड बुद्धका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले उपचार गर्न नसक्ने भएको घोषणा गरेका छन्। उनले कोहलपुर मेडिकल कलेजलाई ३०० बेडको कोभिड १९ डेडिकेट अस्पताल बनाए पनि अक्सिजन नहुँदा क्षमताअनुसार विरामी भर्ना गर्न नसकिएके बताएका छन्।

उनका अनुसार हाल सो अस्पतालमा १३५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। बेड खाली भए पनि अक्सिजन नभएका कारण विरामी भर्ना गर्न नसकिने अवस्था आएको उनले बताएका छन्।

भारतबाट लिक्वीड अक्सिजन आयात गर्न नसकिएका कारण अक्सिजनको अभाव भएको उनको भनाइ छ। कोरोनाको दोस्रो लहरमा बाँके सबैभन्दा धेरै प्रभावित जिल्ला हो। अस्पतालले उपचार गर्न नसकिने बताएसँगै समस्या थप जटिल बन्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *