संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा
नेपालगञ्ज। कोरोना संक्रमित एक महिलाले बाँकेको नेपालगञ्जमा स्वस्थ बच्चा जन्माएकी छन्। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी रुकुमकी ३२ वर्षिय महिलाले बुधबार बिहान स्वस्थ बच्चालाई जन्म दिएकी हुन्।
मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार ती महिलालाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। सुत्केरी ब्यथा लागेर अस्पताल भर्ना भएकी महिलाको पीसीआर परिक्षण गरीएको थियो।
संक्रमण पुष्टि भएर कोरोनाको उपचार चलिरहेकै अवस्थामा बुधबार बिहान महिलाले २.७ किलोको स्वस्थ बच्चालाई जन्म दिएकी हुन्। यो उनको तेस्रो बच्चा हो।
अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको कनोडियोले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment