सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा

डिसी नेपाल
२२ वैशाख २०७८ २२:१०

चौतारा । सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि यही वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ । जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णयानुसार निषेधाज्ञा बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो ।

यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई आजदेखि बन्द गरिएको छ । ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *