सीमा नाकामै मास्क र स्यानिटाइजरले स्वागत

डिसी नेपाल
२२ वैशाख २०७८ २२:०८

नेपालगञ्ज। कोरोनाको संक्रमणबाट जोगिन भारतका बिभिन्न स्थानबाट नेपाल आउने नेपाली नागरिकलाई बाँकेको जमुनाहा नाकामै सेनिटाइजरले हात सफा गरी नयाँ मास्कले स्वागत गर्ने गरिएको छ।

बाँकेमा कोरोनाको दोस्रो लहरले भयावह अवस्था निम्त्याएपछि भारतबाट आउनेहरुलाई यसी सीमामै स्यानिटाइज गर्ने अभियान थालिएको हो। बाँकेमा विगत दुई हप्तादेखि कडा निषेधाज्ञा जारी छ।

भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकको लागि युनिसेफको सहयोगमा सशस्त्र प्रहरीले उनीहरुलाई सेनिटाइजरले हात सफा गरी आफुले लगाएर आएको मास्क सीमा क्षेत्रमै राखेर नयाँमास्क लगाउदै स्वास्थ्य जाँच गराउदै कोरोनाबाट जोगिने सचेतनामुलक सन्देश सहितको ब्रोसियर दिएर पठाउने गरेको छ।

नेपालगञ्जको जमुनाह नाकामा यो अभियान मंगलबार शुरु गरिएको हो। सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख तथा सशस्त्र प्रहरी नायव महानिरिक्षक किशोर प्रधान, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा, उप प्रमुख उमा थापामगर, युनिसेफका प्रतिनिधि लिला खनाललगायत सुरक्षा निकायका प्रमुुखहरुको सहभागिता सो कार्यको शुरुआत गरिएको थियो।

सो अभियानका लागि एक सातासम्म पुग्ने मास्क, सेनिटाईजर, सचेतानमुलक ब्रोसियर र पिउने पानीको व्यवस्था युनिसेफ नेपालले गर्नुको साथै भारतबाट नेपाल आउनेलाई बिरतणको व्यवस्था सशस्त्र प्रहरीले गर्ने र स्वास्थ्य परिक्षण नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने गरीएको छ। नेपालगञ्जको जमुनाह नाका हुँदै दैनिक १ हजार ७ सय मानिसहरु नेपाल प्रवेश गर्ने गरेका छन्।

उनीहरुमा ज्वरो तथा कोरोनाको चिन्ह लक्षण फेला परे सीमा क्षेत्रमै एन्टिजेन परीक्षण गरी नतिजा पोजेटिभ आए उपमहानगरले तयार पारेको आइशोलेशन केन्द्रमा पठाउने गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *