एमाले स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा
फाइल फाेटाे।
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनमा उम्मेद्वार कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ।
बुधबार कांग्रेस, माओवादी, र माधव नेपाल पक्षले डा. खिमलाल देवकोटालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेको थियो। एमालेले गृहमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई उम्मेद्वार बनाउने तयारी गरेको छ।
सोही विषयमा निर्णय गर्न स्थायी कमिटीको आकस्मिक बैठक बसेको हो। दल त्याग गरेर एमाले प्रवेश गरेका थापालाई माओवादीले पदबाट हटाएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन थालेको हो। एमालेले थापालाई उम्मेद्वार बनाउने निर्णय गर्न बैठक बसेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment