बरिष्ठ संगीतकार एवं गायक प्रधानको निधन

डिसी नेपाल
२३ वैशाख २०७८ १४:३८
4
Shares

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८२ वर्षको उमेरमा निधन भएको छ। छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।

सिन्धुपाल्चोकको चौतारामा सन् १९३६ जुन ६ मा जन्म लिएका प्रधानले नेपाली गीतसंगीतमा दिएको योगदान उदारणीय र प्रशंशनीय छ। ‘तिमीलाई अचेल कहाँ भेटुँ, परिदेखि जुनकिरीले, माया नमार मायालु’लगायतका गीतहरु कालजयी छन्।

नेपाली भाषामा मात्र नभएर नेपाल भाषामा पनि प्रधानले गीत गाएका छन्। राजमति कु मती लगायतका झण्डै ११ वटा गीतहरु चर्चित छन्। नेपालभाषामा पनि दख्खल राख्ने प्रधानले आफूले गाएका गीतमा मात्र नभएर अरुको गीतको लागि पनि संगीत गरेका छन्।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *