‘दुबइ काण्ड’ नसेलाउँदै रमजानको पवित्र महिनामा ‘टर्की काण्ड’, मध्यपूर्वमा हंगामा

डिसी नेपाल
२३ वैशाख २०७८ १५:३३

काठमाडौं। रमजानको पवित्र महिनामा मुस्लिम बाहुल्य मध्यपूर्वमा युक्रेनका मोडलहरुको हर्कतले अहिले ठूलो विवादको सृजना गरेको छ । केही समयअघि दुबइको एक अपार्टमेन्टमा झण्डै ४० मोडलहरुले नग्न फोटोसुट गरेपछि यसले ठूलो विवाद सृजना गरेको थियो । ती मोडलहरुमध्ये ठूलो संख्यामा युक्रेनका मोडलहरु थिए । अहिले फेरि यस्तै घटना टर्कीमा भएको छ र संयोगले यो घटनामा पनि युक्रेनकै मोडलहरु पाइएका छन् ।

टर्कीमा एक डुंगामा चढेर समुद्रमा गएर ६ जना मोडलहरुले आफूहरुको नग्न फोटोसुट गरेको पाइएको छ । स्थानीय रिपोर्टका अनुसार रमजानको पवित्र महिनामा यी तस्वीरहरु सार्वजनिक भएपछि जनता आक्रोशित छन् । टर्कीको अखबार लिडेरलाई उद्धृत गर्दै द सनले जनाएअनुसार टर्कीमा अहिले कोरोनाभाइरसका कारण पूर्ण लकडाउन छ तर लकडाउन हुँदाहुँदै पनि यी मोडलहरु भने एक विलासी डुंगामा चढेर गोचेक बे नामको ठाउँमा जाँदै थिए ताकि उनीहरुले एक अर्काको नग्न फोटो खिच्न सकुन् र दुबइको विवादलाई कपी गर्न सकुन् ।

टर्कीमा पूर्ण लकडाउन भए पनि आफूहरु कोरोना मुक्त भएको प्रमाणपत्र पेश गर्न सके यहाँ विदेशी पर्यटक जान पाउँछन् । यो मामिलामा एक मोडलले बताएअनुसार दुबइको विवादपछि त्यहाँ गएमा मोडलहरु निकै चर्चामा आएका थिए । त्यसैले यी मोडलहरु पनि त्यसैगरी चर्चामा आउन चाहन्थे त्यसैले उनीहरु टर्कीमा विवादित फोटोसुटका लागि गएका थिए । यो जानकारी दिने मोडल दुबइको फोटोसुटमा सहभागी थिइन् । उनलाई टर्कीको यो विवादित फोटोसुटमा पनि सहभागी हुन अफर गरिएको थियो तर उनले अस्वीकार गरेकी थिइन् ।

स्थानीय मिडियाले एउटा भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा एक विलासी डुंगामा ६ मोडलसँग २ युवकलाई देख्न सकिन्छ । रिपोर्टका अनुसार डुंगामा भएका २ मोडल टपलेस थिए । एक मोडल पूर्ण नग्न थिइन् । रिपोर्टका अनुसार यीमध्ये एक मोडलको नाम रुसलाना कोभकोभा हो । २१ वर्षकी यी मोडलको नाम खुलासा भएपछि उनीहरुले तस्वीरहरु डिलिट गरेका छन् । यसका अलावा डुंगामा युक्रेनकी मोडल भेरोनिका कुर्गन, डायना पोगरेलाया र स्नेजहाना पनि थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *