शारीरिक सम्बन्धको क्रममा प्रेमी निदाएपछि प्रेमिकाको मृत्यु, प्रेमीलाई ६ वर्षको जेल सजाय

डिसी नेपाल
२३ वैशाख २०७८ १७:१५

काठमाडौं। शारीरिक सम्बन्धको क्रममा प्रेमी निदाएपछि प्रेमिकाको मृत्यु भएको घटनामा अदालतले प्रेमीलाई लापरवाहीको आरोपमा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । शारीरिक सम्बन्धलाई थप रोमाञ्चक बनाउने क्रममा उनीहरुबाट दुर्घटना हुन पुगेपछि महिलाको मृत्यु भएको थियो । बेलायतको यो जोडीले रोमाञ्चक यौन सम्बन्ध राख्ने चाहनामा एक रिसोर्टमा गरेका काम गल्तीवश खतरनाक भएका थिए ।

यो जोडी विदा मनाउन जाँदा एक रिसोर्टमा बसेका थिए । प्रेमीको नशाको बानीका कारण प्रेमिकाले ज्यान गुमाउनु परेको थियो । यो घटनामा अदालतले ५२ वर्षका वारेन मार्टिन कल्टनलाई गम्भीर लापरवाहीको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । मार्टिन आफ्नी ३८ वर्षकी गर्लफ्रेण्ड क्लेयर ह्वाइटसँग एक विलासी रिसोर्टमा बसेका थिए । मार्टिन र क्लेयर यो यात्रामा निकै एडभेन्चर गर्ने सोचेर गएका थिए । उनीहरुले यो यात्राका क्रममा आफ्नो साथमा मदिरा, ड्रग्स, पञ्जा, रातो टेप, सेतथो टेप, डोरी लगायतका चीजहरु पनि लिएर गएका थिए ।

रिसोर्टमा राती शारीरिक सम्बनधको क्रममा वारेनले क्लेयरलाई बाँधेका थिए र उनको मुखमा मोजा हालिदिएका थिए । तर, मार्टिनले अत्याधिक नशा गरेका कारण उनी निदाए । केही समयमा क्लेयरको स्थिति बिग्रिन थाल्यो । उनलाई निकै असहज र कठिन हुन थाल्यो । तर उनको हात खुट्टा बाँधिएको थियो र उनको मुखमा मोजा हालिएको थियो त्यसैले उनले आफूलाई बचाउन केही गर्न सकिनन् । अन्ततः उनको मृत्यु भयो । मार्टिन बिहान बिउँझिँदा क्लेयरको मृत्यु भइसकेको थियो । उनले सहयोग माग्नुको सट्टा घटनास्थलबाट फरार भए ।

रिसोर्ट स्टाफले क्लेयरको शव देखेपछि पुलिसलाई खबर गरेका थिए । द सनको रिपोर्टअनुसार यो घटनापछि महिलाको परिवारलाई निकै ठूलो धक्का लागेको छ । क्लेयरकी आमा जुली डेभिसका अनुसार छोरीको मृत्युपछि उनी लामो समयदेखि मानसिक रुपमा निकै विक्षिप्त भएकी छिन् । क्लेयरकी बहिनी क्रिस्टी राइटले आफू पनि मानसिक समस्याको सिकार भएको बताइन् । उनलाई सपनामा कसैले आफूलाई मार्न खोजेको जस्तो लाग्ने र तर्सिरहने उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *