कोरोना संक्रमणमा नयाँ रेकर्ड, २४ घण्टामा थपिए ९ हजार ७० संक्रमित

डिसी नेपाल
२३ वैशाख २०७८ १७:३४

काठमाडौं । बिहिबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइरसका बिरामी थपिएका छन् । देशभर २० हजार ३६६ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ९७० जनामा र ७७५ जनाको एन्टीजेन परिक्षण गर्दा १०० जनामा गरी ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण ३ हजार ५२९ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ३१४ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २५ लाख ७८ हजार ४१८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *