निर्माणाधीन आयोजनाको अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

डिसी नेपाल
२३ वैशाख २०७८ २२:४७
28
Shares

काठमाडौं । विद्युत् विकास विभागले निर्माणाधीन जलविद्युत् आयोजनामा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर तत्काल कोभिड–१९ का बिरामीलाई प्रयोग गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ । विभागले आज एक सूचनामार्फत कोभिड–१९ को महामारीले सिर्जना गरेको विकराल अवस्थाको ध्यान दिई अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको हो

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रबाट सञ्चालनमा रहेका निर्माणाधिन आयोजननामा प्रयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन आग्रह गरिएको हो । जलविद्यसत् आयोजनामा भएका सिलिण्डर नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड–१९ को बिरामीले प्रयोग गर्ने गरी व्यवस्था मिलाइदिन अनुरोध गरिएको विभागले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *