प्रधानको योगदान चीरकालसम्म सम्झने छौँः राष्ट्रपति

डिसी नेपाल
२३ वैशाख २०७८ २३:२३
20
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन्। उनले विहीबार बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छन्। “नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ”, ट्वीटमा भनिएको छ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबारै अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन्। दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। “नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ ”, ट्वीटमा भनिएको।

प्रधानमन्त्री ओलीले विहीबारै राष्ट्रिय समावेशी आयोगका सदस्य रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दैै उनप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *