प्रहरीले २० किलो रसगुल्ला किन जफत गर्‍यो ?

डिसी नेपाल
२४ वैशाख २०७८ ८:३८

काठमाडौं। प्रहरीले २० किलो रसगुल्ला जफत गरेको छ । कोरोनाभाइरस महामारी नियन्त्रण गर्नको लागि कडाइ भइरहेको बेला प्रहरीले यसरी मिठाइ जफत गरेको खबरले केहीलाई आश्चर्य लाग्न सक्छ । प्रहरीले कोरोना प्रोटोकल तोडेको आरोपमा रसगुल्ला जफत गरेको हो । भारतको उत्तर प्रदेशको हापुड प्रहरीले त्यहाँ हालै भएको पञ्चायत निर्वाचनमा जीतको उत्सव मनाउने क्रममा मिठाइ बाँड्दै हिँडेका २ जनालाई पक्राउ गरेको छ । हापुड प्रहरीले ट्वीटरमार्फत यसको जानकारी दिएको छ ।

पक्राउ परेका २ जनालाई पञ्चायत निर्वाचन परिणाम घोषणापछि सभामा मिठाइ बाँडेको आरोपमा पक्राउ गरिएको हो । कोरोना दिशानिर्देशअनुसार अहिले यसरी उत्सव मनाउन प्रतिबन्ध लगाइएको छ । निर्वाचन आयोगले निर्वाचन परिणामपछि उत्सव मनाउन प्रतिबन्ध लगाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा बिहीबार मात्र ४ लाख १२ हजारभन्दा बढी नयाँ संक्रमित पाइएका छन् । ३ हजार ९८० जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *