खाली सिलिण्डर तत्काल उपलब्ध गराउन अक्सिजन उत्पादक संघको सार्वजनिक अपिल

डिसी नेपाल
२४ वैशाख २०७८ १२:२९

काठमाडौं। नेपाल अक्सिजन ग्याँस उत्पादक संघले सुलभ तरिकाले अक्सिजन सहज आपूर्ति गर्न सबैलाई यथासिर्घ खाली  सिलिण्डर संघलाई उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ। संघले शुक्रबार एक अपिल जारी गर्दै सबै नागरिक, उद्योग र संगठनहरुसँग भएका अक्सिजनका खाली सिलिन्डर यथासिर्घ उपलब्ध गराउन अनुरोध गरेको हो।

कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकोले सम्भावित अक्सिजन संकट आउन नदिन संघले निरन्तर काम गरिरहेको पत्रमा भनिएको छ। संघले सिलिण्डर फिर्ता गरेको सहयोगले धेरै जीवन बचाउने उल्लेख गर्दै खालि अक्सिीजनका सिलिण्डर यथासिर्घ उपलब्ध गराउन अनुरोध गरेको छ।

यस्ता अक्सिीजन सिलिण्डर तत्काल रिफिल गरी विभिन्न अस्पताल, मेडिकल सेन्टर र अक्सिजन चाहिएका बिरामीहरुलाई उपलब्ध गराईने संघले जनाएको छ।

कोरोना संक्रमण बढ्दै गएपछि छिमेकि मुलुक भारतमा अक्सिजन संकट निम्तिएको छ। मनिसहरु अक्सिजन नपाएर मृत्युवरण गरिरहेका छन्।

नेपालमा पनि सम्भावित संकट हुन सक्ने भएकाले संघले समयमै सबैले यस विषयमा सचेत भएमा सम्भावित संकटको सामना गर्न सकिने बताएको छ। यो संकटको सबै मिलेर मात्रै सामना गर्न सकिने भएकोले सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *