दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश
फाइल फाेटाे।
काठमाडौं। बालुवाटारको सरकारी जग्गा निजी व्यक्तिका नाममा सारेको प्रकरणमा जेलमा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त तथा सरकारका पूर्व सचिव दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।
शुक्रबार सर्वोच्चका अन्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको सँयुक्त इजलासले बन्दीप्रत्यक्षिकरण रिटमा सुनुवाई गर्दै ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। सर्वोच्चले यसअघि थुनामा राखी मुद्दा चलाउने विशेष अदालतको फैसलालाई बदर गरेको छ।
सर्वोच्चले ज्येष्ठ नागरिक भएको, घर परिवारलाई कोरोना भएको र उनलाई मुटु सम्बन्धी रोग भएकाले पनि थुनामा राख्नु अनुचित हुने ठहर गरेको छ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment