कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

डिसी नेपाल
२४ वैशाख २०७८ १८:५८
60
Shares

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको र थप गर्ने भनिएको कोरोनाविरुद्धको खोपको आपूर्तिमा कमिसन एजेन्टले प्रभाव पारी ढिलाइ भइरहेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो संस्थाले कोरोना सङ्क्रमण महामारी नियन्त्रणमा प्रभावकारी हुने खोप सम्पूर्ण नागरिकलाई यथाशीघ्र निःशुल्क उपलब्ध गराउन माग गर्दै सर्वप्रथम पहिलो चरणको खोप सबैलाई उपलब्ध गराउनुका साथै पहिलो चरणमा खोप लिएकालाई दोस्रो चरणको खोपको व्यवस्था तोकिएको समयसीमाभित्रै हुनुपर्ने समेत जनाएको छ ।

टिआई नेपालले आज विज्ञप्तिमार्फत कोभिड–१९ जस्तो महामारीको अवस्थामा खोपलगायतका स्वास्थोपचारसम्बन्धी सामग्री खरिदको प्रक्रिया झन बढी पारदर्शी र जवाफदेही बनाइनुपर्ने उल्लेख गरेको छ । “कोभिड–१९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा तीनै तहका सरकारको संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी छ । हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाइनु जरुरी छ”, विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको सङ्क्रमणमा आफ्ना तर्फबाट सेवा पु¥याउँदै आएको कार्यको टिआई नेपालले प्रशंसा गरेको छ । यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत टिआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा ध्यानाकर्षण गराएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *