बुढानिलकण्ठ पुगे प्रचण्ड
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। शुक्रबार साँझ दुई नेताहरुबीच भेटवार्ता भएको प्रचण्ड निकट स्रोतले जनायो।
उनीहरुबीच यही वैशाख २७ गते हुने प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतमाथिको मतदानबारे छलफल भको थियो। दुबैजनाबीच प्रधानमन्त्रीले राखेको प्रस्तावलाई असफल बनाउने विषयमा कुराकानी भएको बुढानिलकण्ठ स्रोतले बतायो।
काँग्रेसले प्रस्ताव असफल पार्ने संस्थागत नै निर्णय गरेको छ भने माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। त्यसैले यी दुबै दल प्रधानमन्त्रीले राखेको प्रस्तावको विपक्षमा उभिने पक्का जस्तै छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment