शनिबार ८ हजार ४१८ जनामा कोरोना संक्रमण, थप ५३ जनाको मृत्यु

डिसी नेपाल
२५ वैशाख २०७८ १७:३०

काठमाडौं । १७ हजार ३१५ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार २८७ जनामा र ९८९ जनाको एन्टीजेन परिक्षण गर्दा १३१ जनामा गरी ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५३ जनाको मृत्यु भएको छ ।

थप ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ६३२ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ३९८ जना क्वारेन्टीनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *