खोपकाे कमिशनमा संलग्नलाई छानबिन र कारवाही गर्न राप्रपाको माग

डिसी नेपाल
२५ वैशाख २०७८ २१:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुक कोभिड–१९ बाट नराम्रोसंँग जुधिरहेका बेला खोपमा कमिशनको कुरा ल्याउनेलाई छानबिन र कारवाहीको माग गरेको छ ।
पार्टीका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन रक्षाका निम्ति गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

कैयौँ नेपालीले ज्यानसमेत गुमाउनु परेको, अस्पतालमा शय्या र अक्सिजन आपूर्तिमा कमीका कारण उपचारमा समस्या पैदा भएको अवस्थामा खोपमा कमिशनका समाचारले जनतालाई स्तब्ध र आश्चर्यचकित तुल्याएको भन्दै उक्त कार्यको छानबिन र कारवाहीको माग गरेका हुन् ।

राप्रपाले संक्रमणबाट जोगिन भौतिक दूरी कायम र मास्कको अनिवार्य प्रयोगलगायत स्वास्थ्य मापदण्ड पालना गर्न जनसमुदायमा आग्रह गरेको छ । कोरोनाले निम्त्याएको विपद्को हालको समयमा जनताको सेवामा पूर्ण रुपले समर्पित हुन दलका सबै तहका नेताकार्यकर्तालाई पनि राप्रपाले आह्वान गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *