बेलडाँडाको आगलागीमा लाखौंको क्षति

डिसी नेपाल
२५ वैशाख २०७८ २२:१३

महोत्तरी । अचानक विद्युत् चुहिएर आगलागी हुँदा बर्दिबास नगरपालिका–५ बेलडाँडामा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । आाज साँझपख सो बस्तीका रामजी पौडेलका घरमा आगलागी हुँदा चार चौपायासहित धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आगलागीमा परी चार खसीबाख्रा मरेका छन् । यसैगरी घरमा रहेका सुनचाँदीका गहना र रु ९२ हजार सहित १० लाख मूल्यका धनमाल जलेर नष्ट भएको छ । नगद सम्पति एवं घरसमेत गरी रु २० लाख बराबरको धनमाल खरानी भएको पीडित परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले वारुणयन्त्रको मद्दतले नियन्त्रण गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *