आज बैशाख २६ गते आइतबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७८ साल बैशाख २६ गते, आइतबार। सन् २०२१ मे १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । त्रयाेदशी तिथी। चन्द्रमा बृष राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः २५ र सूर्यास्त बेलुकी ६ः३९ मिनेटमा।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भोजनको सुख मिल्नेछ। इष्टमित्र भेटघाट हुनेछ। धनको कारोवार बढ्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक काममा प्रशंसा आउनेछ। खुसियालीमा दिन बित्नेछ। मनोरन्जनमा खर्च हुने्छ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यक्तिगत काममा व्यवधान हुनेछ। सरसामान हराउन सक्नेछ। यात्रामा समस्या पर्नेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्य आम्दामी हुनेछ। सुखसयलमा मस्ती मिल्नेछ। कृषिमा लाभ हुनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धर्ममा रुचि जानेछ। छोटो यात्रा तय हुनेछ। सामाजिक काममा व्यस्तता बढ्नेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) जिम्मेवारीमा अपजस मिल्नेछ । नया काममा विरोधी जाग्नेछन्। यात्रामा झन्झट आउनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेम सुख मिल्नेछ। साझेदारी काम बन्नेछ। वैवाहिक प्रसंगमा प्रगति हुनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा सुधार मिल्नेछ। पशुचौपायबाट फाइदा हुनेछ। ऋणको भार कम हुनेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनले साथ दिनेछ। कला संगीतमा रुचि हुनेछ। आम्दामीको स्तर वढ्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अरुकाे सहयोगमा दिन वित्नेछ। काममा अलमल मिल्नेछ। आफन्त टाढा हुनेछन्।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्राको सुख मिल्नेछ। उत्साहका साथ काम बन्नेछ। दाजुभाइको सहयोग रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment