अमेरिकाकाे मेरिल्याण्डमा गाेलीकाण्ड : एक नेपालीसहित चार जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
२६ वैशाख २०७८ ७:२९

मेरिल्याण्ड। मेरिल्याण्ड राज्यमा भएको गोलीकाण्डमा संदिग्ध सहित चार जनाको मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन्। मे ८ शनिबार बिहान ६:४० बजे गोलीवारी चल्नुको साथै आगजनी समेत भएको प्रहरी अधिकारीले जनाएका छन्।

सो घटनामा एउटा नेपालीको टाउन हाउसमा बस्ने एक विद्यार्थीकाे हत्या भएको छ भने अर्को विद्यार्थी घाइते भएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको छ। उनी खतरा मुक्त छन्। उनीहरू एक हप्ता अगाडि मात्र उक्त घरमा डेरा सरेर बसेका थिए। नेपालमा उनीहरूको घर संखुवासभा रहेको खुल्न आएको छ।

करिब ६० वर्षको मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर जलाएको कारणले छिमेकका दुवै घर र सामानहरू पूर्ण रूपमा नष्ट भएको छ। उसले अन्घाधुन्ध गोली चलाई एक छिमेकी स्पेनिस परिवारको पनि हत्या गरेको छ। तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारीको घटनास्थल मै मृत्यु भएको छ।

संदिग्धले गोली चलाएपछि उनलाई प्रहरी जवाफी फायर गर्दा उनको मृत्यु भएको थियो। अधिकारीका अनुसार बाल्टिमोरको उपनगर क्षेत्रमा के कारणले हिंसात्मक रुप लियो भने अझ स्पष्ट भएकाे छैन्। घटना बारे जनकारी दिंदै स्थानीय समाजसेवी महेश भट्टराईले मृत्यु हुने नेपाली विद्यार्थीको नाम खुलाउने चाहेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *