विश्व किर्तीमान राख्न एकै घरका तीन दिदीबहिनी मे १२ मा सगरमाथा चढ्दै
काठमाडौं। विश्व र्कितीमानको लक्ष्येसहित सगरमाथा आरोहणमा निस्किएका एकै परिवारका तीन जना दिदीबहिनीहरु मे १२ मा सगरमाथा चढ्ने भएका छन्। सामाजिक सञ्जालमार्फत उनीहरुले मे १२ मा सगरमाथा चढ्ने योजना सहितको आइटिनरी सार्वजनिक गरेका हुन।
हाल क्याम २ मा रहेका उनीहरुले मे ९ मा क्याम २, मे १० मा क्याम ३, मे ११ मा क्याम ३ र मे १२ मा सगरमाथा चढ्ने योजना रहेको उल्लेख गरेका छन्।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी एकै परिवारका तीन दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।
तीन जना दिदीबहिनीहरु सहित यो गु्रपमा ६ जना विदेशीहरु पनि रहेका छन्। उनीहरुले लोबुचे हिमाल आरोहण गरेर सगरमाथा आरोहण गर्न लागेका हुन्।

लोबुचे आरोहण गर्नुभन्दा अगाडि उनीहरुलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सफल आरोहणको लागि शुभकामना दिएर विदाई गरेका थिए।

No ads found for this position



डिसी नेपाल
Facebook Comment