आज बैशाख २८ गते माता तिर्थ औँशी, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२८ वैशाख २०७८ ६:२१

आज वि.सं.२०७८ साल बैशाख २८ गते, मंगलबार । सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । औँशी तिथी। चन्द्रमा  मिथुन राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः २५ र सूर्यास्त बेलुकी ६ः३९ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक काममा खर्च हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । पहिलाको काममा फाइदा आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अचानक यात्रा हुनेछ । शरीरमा विसञ्चो देखिनेछ । आफन्तमा मनमुटाव हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति रहनेछ । पारिवारिक माया प्रेम बढ्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिला किनारा लाग्नेछन् । वादविवादको सामना गर्नु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तानबाट माया सुखमा प्रगति हुनेछ । प्रेममा प्रगति रहनेछ । कला संगीतमा रुचि बढ्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मित्रतामा समस्याआउनेछ । आफन्त वैरि बन्नेछन् । पारिवारिक चिन्ताले सताउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  घर भित्रको काममा प्रगति हुनेछ । सामाजिक पहिचान बन्नेछ । उत्साहका साथ जिम्मेवारीमा प्रगति हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलीवचनको राम्रो प्रभाव बन्नेछ । मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यक्तिगत शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ । वादविवादमा फसिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनावस्यक धन खर्च हुनेछ । व्यापारमा झमेलाआईपर्नेछ ।यात्रामा बाधा आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) क्षमतामा प्रशंसा मिल्नेछ । ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *