सगरमाथाको चुचुरोमा बहराइनी राजकुमार

फुर्पा शेर्पा
२८ वैशाख २०७८ ७:०९

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मगंलबार बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका छन्।

कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उँचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो।

राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितकाे टोलीले  मंगलबार विहान ६ बजेर ४५ मिनेटमा  सगरमाथामा पाइला टेकेका   सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले डिसी नेपाललाई जानकारी दिए।


सगरमाथा आरोहणका लागि राजकुमार खलिफाससिहतको टोली चैत २ गते नेपाल आइपुगेका थिए। उनी १६ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *