भिडियो कलमा हाच्छ्युँ गरिदिएवापत साढे ६ लाख लिन्छिन् यी मोडल

डिसी नेपाल
२९ वैशाख २०७८ १२:२७

काठमाडौं। कोरोना महामारीका बेला धेरै व्यवसायहरु बन्द भएका छन् तर ओन्लीफ्यान्स जस्ता मोडलिङ साइटहरुको व्यवसाय भने निकै बढेको छ । यी साइटमा कैयौं मोडलहरुले आफ्ना तस्वीर र भिडियो बेचेर धेरै पैसा कमाइरहेका छन् ।४२ वर्षकी एक मोडलले भने निकै अनौठो दावी गरेर सबैलाई चकित पारेकी छिन् । यी मोडलका अनुसार उनी भिडियो कलमा हाच्छ्युँ गरेको र खोकेवापत ४ हजार पाउण्ड (साढे ६ लाख रुपैयाँ) लिन्छिन् ।

मोडल तथा रियालिटी टिभी स्टार होली मेग्वायरले द सनसँग कुरा गर्दै आफूलाई कैयौं विचित्रका अफर आउने र उनलाई उनका ग्राहकहरुले क्यामेराअगाडि आच्छ्युँ गर्न र खोक्न लगाउने बताइन् । कैयौं पटक १५–२० समनेटसम्म उनलाई यस्तो गर्नभनिन्छ । यसका अलावा कैयौं ग्राहकहरु उनलाई मास्कमा हेर्न मन पराउँछन् । होलीका अनुसार कोरोना कालका यस्ता विचित्रको चलन बढेको सत्य हो ।

होलीका अनुसार कैयौं पटक कसैको मागअनुसार खोक्नु वा हाच्छ्युँ गर्नु निकै कठिन हुन्छ । त्यसैले आजभोलि उनी आफ्नो साथमा पृपर शेकर राख्छिन् । यसको सहयोगले हाच्छ्युँ गर्न सहज हुन्छ । होली एक वेबसाइटमा फेसटाइम सेवा दिन्छिन् । होलीका अनुसार उनी महिनामा ४ हजार पाउण्ड (साढे ६ लाख) कमाउँछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *