खोपको दोस्रो डोज लगाउने एक प्रतिशत मात्रै, आयात प्रक्रियामा देखिएन प्रगति

उपेन्द्र शाही
२९ वैशाख २०७८ १४:५०

काठमाडौं। कोरोना भाइरसको संक्रमणको चपेटामा फसेको नेपालको अहिलेको प्रमुख आवश्यक्ता र समाधान हो, कोरोना विरुद्धको खोप। छिमेकी मुलुक भारतलगाएतका देशले खोप कार्यक्रमलाई उच्च प्राथामिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरीरहेका छन्।

यस्तै खोप कार्यक्रम सम्पन्न भएका ठाउँमा जनजीवन सामान्य तिर फर्किन थालेको छ। अमेरिकामा केही दिनअघि खोप लगाउनेहरुका लागि माक्सको पनि प्रयोग अनिवार्य नहुने बताइएको थियो।

अहिले भाइरसको दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। भाइरस संक्रमण समुदाय स्तरमा फैलिसकेकोले नेपालको स्वास्थ्य प्रणलीलाई थेग्न नसक्ने गरी संक्रमण फैलिसकको छ। यस्तो अवस्थामा खोपको आवश्यक्ता झन बढेर गएको छ।

कुल ८ प्रतिशतले खोप लगाएकोमा दोस्रो डोज लगाउने एक प्रतिशत मात्रै

तीन करोड बढी जनसंख्या भएको देशमा अहिलेसम्म करिब ४ लाखले मात्रै दोस्रो डोजको खोप लगाएका छन्। यो भनेको कुल जनसंख्याको एक प्रतिशत मात्रै हो।

विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने गाइडलाइन तोकेको छ। तर, गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख भन्दा बढी नागरिकलाई दोस्रो डोज खोप कहिले लगाउने पत्तो छैन। उनीहरु खोपको दोस्रो डोज लगाउन नपाउँदा अन्य समस्या देखिन्छ कि भन्ने चिन्तामा छन।

यसअघि भारतबाट १० लाख डोज अनुदान, १० लाख डोज खरिद र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज, र भेरोसिल्ड नामक खोप ८ लाख गरी कुल ३१ लाख लाख ४८ हजार डोज खोप नेपाल आएको स्वास्थ्य सेवा विभागले जनाकारी दिएको छ।

हालसम्म नेपालमा कोभिशिल्डको १८ लाख २३ हजार ६ सय ६३ जनाले पहिलो डोज लगाएका छन्। त्यस्तै भेरोसिल्डको २ लाख ८८ हजार ८ सय ३० गरी जम्मा २१ लाख १२ हजार ४ सय ९३ ले पहिलो डोज लगाएका छन्।  दोस्रो मात्रा ३ लाख ७० हजार ६ सय २६ जनाले लगाएका छन्। यो सबै गरेर जम्मा २४ लाख ८२ हजार ८ सयले खोप लगाएका छन्। त्यो भनेको नेपालको कुल जनसंख्याको करिब ८ प्रतिशत हो।

विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार हालसम्म नेपालमा कोभिशिल्डको १८ लाख २३ हजार ६ सय ६३ जनाले पहिलो डोज लगाएका छन्। त्यस्तै भेरोसिल्डको २ लाख ८८ हजार ८ सय ३० गरी जम्मा २१ लाख १२ हजार ४ सय ९३ ले पहिलो डोज लगाएका छन्।

त्यस्तै दोस्रो मात्रा ३ लाख ७० हजार ६ सय २६ जनाले लगाएका छन्। यो सबै गरेर जम्मा २४ लाख ८२ हजार ८ सयले खोप लगाएका छन्। त्यो भनेको नेपालको कुल जनसंख्याको करिब ८ प्रतिशत हो।

अहिले नेपालमा करिब साढे पाँच लाख मात्रा खोप बाँकी रहेको छ भने भारतको सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट १० लाख मात्रा आउन बाँकी छ। भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि उक्त खोप आउन सकेको छैन।

कम्तिमा पनि जेठ अन्तिमसम्म दोस्रो चरणको प्राथामिकतामा परेर पहिलो मात्रा लगाउने १५ लाखले दोस्रो डोज लगाइ सक्नु पर्ने हुन्छ। उनीहरुले पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएकाले दोस्रो डोजमा पनि सोही कम्पनीको खोप लगाउनु पर्ने हुन्छ।

खोप खरिदमा देखिएन प्रगति

सरकारले खोप ल्याउन कुटनीतिक प्रयास जारी रहेको भन्दै आएको धेरै भए पनि प्रगति केही देखिएको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार सरकारसँग न दोस्रो डोजका लागि खोपको मौज्दात छ, न त दोस्रो डोजका लागि उत्पादक देश र कम्पनीसँग सम्झौता नै भएको छ।

सरकारले खोपको सम्बन्धमा विभिन्न मुलुकहरु र कम्पनीहरुसँग छलफल गरीरहेको भए पनि खोप ल्याउने सम्बन्धमा ठोस सम्झौता भने अहिलसम्म नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘खोप किन्ने हो। कुटनीतिक रुपमा पनि नेपाल सरकारले विभिन्न मुलुहरुसँग आग्रह गरिरहेको छ। कहाँबाट ल्याउने भन्ने कुरा निर्णय भइसकेको छैन। हामीलाई समस्या छ, चाँडो ल्याइदिुनु पर्यो भनेका छौँ। खोप नआइ त कसरी भन्ने ? भन्नै सकिन्न। पैसा दिएको खोप त पछाडि सर्यो। हाम्रो बसमा नभएको कुरा हो। हामीले पुरा पुर प्रयास गरिराखेका छौँ,’ उनले भने।

कोभ्याक्स अन्तरगतको खोप आउँछ भन्ने निश्चित भए पनि कहिले पुग्ने भन्ने एकिन नभएको उनको भनाइ छ। हालसम्म यस अन्तर्गकाे ३ लाख ४८ हजार मात्रा आएको खोप नेपाल आएको छ, भने अन्य मात्रा बाँकी नै छ।

यस्तै निजी क्षेत्रका लामो विवाद र रस्साकस्सीबीच खोप ल्याउने अनुमति पाएका छन। उनीहरुले पनि खोप कहिले ल्याउँछन भन्ने टुंगो छैन्।
प्रवक्ता गौतमका अनुसार खोप दिने उत्पादक कम्पनी तथा देशहरुले सरकारलाई नीजि क्षेत्र भन्दा पनि सरकारलाई रोज्छन्।

निजी क्षेत्रलाई दिएको खोप गरिबहरुसम्म नपुग्ने उनीहरुको सोच हुन्छ। त्यसैले खोप उत्पादक कम्पनीहरुले प्राइभेटलाई एकदमै थोरै मात्रामा बेच्छन्। यदि त्यो थोरै मात्राको खोपमध्यको केही नीजि क्षेत्रले ल्याउन सक्नु चुनौतिकै रुपमा छ।

चिनियाँ खोपको दोस्रो डोज जेठ २ गतेदेखि

चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोशिल्ड खोपको ८ लाख डोजमध्ये दोस्रो डोजको खोप कार्यक्रम जेठ २ गतेदेखि सञ्चालन गरिने भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार ८ लाख डोजमध्ये ३ लाख ६० हजार लगाइ सकिएको छ। उनीहरुलाई दोस्रो डोज  लगाउन लागिएको हो।

अहिले कोरोना संक्रमण जोखिम उच्च रहेकोले संक्रमणको अवस्था हेरेर खोप कार्यक्रमबारे स्थानीय निकायलाई जिम्मा दिइएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *