विश्व कीर्तिमान राख्ने तीन दिदीबहिनीलाई मन्त्री गुरुङद्वारा बधाई ज्ञापन

डिसी नेपाल
२९ वैशाख २०७८ १७:१४
80
Shares

काठमाडौं। विश्व कीर्तिमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन दिदीबहिनीले सगरमाथा आरोहण गरेका छन्। उनीहरुले बुधबार बिहान ७ बजे आरोहण गरेका हुन्।

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आफ्नो फेसबुकमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी नयाँ र्कितीमान कायम गरेका एकै परिवारका तीन दिदीबहिनीलाई बधाई ज्ञापन गरेका छन्

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ निवासी निमा जाङ्बु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुटी शेर्पाले सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्

उनीहरुलाई मन्त्री गुरुङले बैशाख २ गते मन्त्रालयमा एक कार्यक्रम गरी राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाई गरेका थिए ।

उनले बाँकी हिमालहरुको आरोहण पनि सफलतापूर्वक सम्पन्न हुनेछ भन्ने शुभकामना समेत व्यक्त गरेका छन्। तीन जना दिदीबहिनीहरु सहित यो समूहमा ६ जना विदेशीहरु पनि रहेका छन्। उनीहरुले लोबुचे हिमाल आरोहण गरेर सगरमाथा आरोहण गरेका हुन्।

लोबुचे आरोहण गर्नुभन्दा अगाडि पनि उनीहरुलाई सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सफल आरोहणको लागि शुभकामना दिएर विदाई गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *