एनआरएनएको सहयोगमा चीन र ओमानबाट कन्सन्ट्रेटर र सिलिन्डर शनिबार आइपुग्दै

डिसी नेपाल
२९ वैशाख २०७८ २१:२८

काठमाडौं। कोरोनाको दोश्रो लहरले नेपालमा भएको अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ(एनआरएनए)को सक्रियतामा चीनबाट सय वटा अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट पाँच सय ५० अक्सिजन सिलिन्डर शनिबार नेपाल आइपुग्ने भएको छ।

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार ओमानसहित मध्यपूर्व तथा संसारभरका गैरआवासीय नेपालीहरुको सहयोगमा उक्त स्वास्थ्यसम्बन्धी सामग्री नेपाल आउन लागेको हो। अहिले नेपालमा अक्सिजन उत्पादन भएता पनि सिलिण्डर अभाव हुँदा विरामीले अक्सिजन पाउन सकेका छैनन्।

एनआरएनए(सोसल क्लब) ओमानका अनुसार मध्यपूर्वमा रहेका एनआरएनए एसनीसीहरुको अगुवाई तथा ओमानस्थित नेपाली दूतावासको सहकार्यमा उक्त अक्सिजन सिलिण्डर नेपाल ल्याउन लागेको हो। क्लबका अध्यक्ष विकल झाका अनुसार २८ हजार ओमानी रियाल (झण्डै ७५ लाख रुपैयाँ) बराबरको अक्सिजन सिलिण्डर नेपाल ल्याउन लागिएको हो।

एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीका अनुसार मध्यपूर्वमा रहेका सबै राष्ट्रिय समितिसंगको सहकार्यमा संघले विमान चार्टर गरेर ओमानबाट अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेको छ।

मध्यपूर्वमा रहेका एनआरएन एनसीसी, संघसंस्था तथा सहयोगी हातहरुबाट रकम उठाएर पहिलो चरणमा नेपालमा अक्सिजन सिलिण्डर पठाउन लागिएको एनआरएन मध्यपूर्वका संयोजक प्रविन गुरुङले जानकारी दिए । ‘हामीले एनआरएन आइसीसीको कार्यक्रम अन्तर्गत मध्यपूर्वबाट छुट्टै अभियान थालेका छौं, यो सहयोगले केही हदसम्म टेवा पुग्ने आशा राखेका छौं’ गुरुङले बताए।

ओमानमा सिलिण्डर खरिद प्रकृया अगाडि बढिसकेको र नेपाली दूतावास ओमानले सहजीकरण गरिदिएको जानकारी एनआरएन प्रवत्ता तथा एनआरएन ओमानका संस्थापक अध्यक्ष डिबी क्षेत्रीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *