मुख्यमन्त्री राउतद्वारा घरमै बसेर पर्व मनाउन अपिल
फाइल
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले इस्लाम धर्मालम्बीहरूको महान पर्व ईल–उल फित्रको अवसरमा आज मुश्लिम धर्मालम्बीका साथै प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् । सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोतर प्रगतिको कामना गर्दै मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिबृद्धि होस् भनि कामना गरेको मुख्यमन्त्रीको प्रेस सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको हुँदा मुख्यमन्त्री राउतले सरकारले निर्धारण गरेको मापदण्डलाई पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन अपिल गरेका छन् । प्रदेश सरकारले ईदउल फित्र मनाउनका लागि शुक्रबार वैशाख ३१ गते प्रदेशभर सार्वजनिक विदा दिएको सो विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment