एनआरएनएद्वारा ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔं’ अभियान सुरु

डिसी नेपाल
३१ वैशाख २०७८ २०:४२

काठमाडौं । कोभिड–१९ को दोश्रो लहरले यतिबेला देशका अस्पतालमा अक्सिजन, आइसियू बेड र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभावले नेपालीको मृत्युदर बढिराखेको छ । जसलाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान सुरु गरेको छ ।

संघका महासचिव डा.हेम राज शर्माका अनुसार संकटको घडीमा सो अभियानका साथ आर्थिक संकलन अभियान थालिएको हो । संघले प्रमुख संरक्षक, संरक्षक सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पूर्व पदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुलाई सो अभियानमा सहयोगको लागि अनुरोध गरेको छ ।

संघले सुझाव संकलन गर्न मे १५ तारिख शनिबार नेपाल समय साँझ ६ बजे एक बैंठकको आयोजना गरिएको जनाएको छ । नेपालमा कोरोना भाइरसको दोश्रो लहर सुरु भएयता निम्नानुसार सहयोगको सुरुआत गरेको संघले जनाएको छ ।

हालसम्म संघले नेपाललाई गरेको सहयोग र गर्ने तयारीमा:

ओमानबाट मे १५ तारिख नेपाल आइपुग्ने पाँच सय ५० अक्सिजन सिलिण्डरको लागि लाग्ने करिब ७५ लाख रुपैयाँ मध्यपूर्वका गैरआवासीय नेपालीहरुले जुटाएका हुन भने ढुवानीको व्यवस्था नेपाल सरकारले गरेको छ ।

चाईनबाट एक करोड ३७ लाख रुपैयाँ खर्च लाग्ने एक सय ७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल आउँदैछ । जसमध्ये एनसीसी चाईनले ७० अक्सिजन कन्सन्ट्रेटरको सहयोग गर्नेछ । यसको पनि ढुवानी खर्चको लागि नेपाल सरकारसँग समन्वय हुँदैछ ।

एनसीसी अष्ट्रेलियाले एक करोड रुपैयाँ बराबर र एनसीसी युएसएले कम्तिमा ६० लाख रुपैयाँबराबर सहयोग जुटाउने अभियान सुरु गरेका छन् ।

अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरुबाट १५ लाख रुपैयाँ बराबरको अक्सिजन सिलिण्डर नेपालका विभिन्न अस्पतालमा वितरण गरिएको छ ।

अन्य एनसीसीहरुबाट सहयोग संकलन अभियान सुरु गरेका छन् । अनलाईनबाट आम गैरआवासीय नेपालीहरुबाट सहयोग संकलन गरिने छ ।

नेपालका सातैं प्रदेशमा टेलिफोन हटलाईटनबाट कोभिडका बिरामीहरुलाई स्वास्थ्य सेवा सुरु गरिएको छ । र, संघको स्वास्थ्य समिति र नेपाल मेडिकल एसोसिएसनमार्फत देश र विदेशमा रहका मेडिकल डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरु बीच कोभिडसँग जुध्न सहकार्य गरिदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *