बच्चाको तालुमा प्वाल परेपछि आत्तिँदै अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

डिसी नेपाल
१ जेठ २०७८ १६:३५

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने पनि आमा निकै आत्तिन्छिन् । बेलायतकी २४ वर्षकी एक महिलालाई पनि यस्तै भयो । बेकी स्टाइल्स नामकी ती महिलाले आफ्ना १० वर्षका छोरा हार्वेको डाइपर बदल्ने क्रममा आफ्नो छोराको मुखभित्र प्वाल देखेपछि उनको होसहवास उड्यो ।

डेलीरेकर्डको रिपोर्टमनुसार बच्चाको मुखभित्र उनको तालुमा यो प्वाल थियो । छोराको तालुमा प्वाल देखेपछि बेकीको सातो गयो । उनी निकै आत्तिइन् । उनका अनुसार प्वाल देखेपछि उनले त्यो प्वाल छुने कोसिस गरिन् तर उनका पतिले उनलाई रोके । महिलाले भनिन् ‘यो देखेर म काँपिरहेकी थिएँ । पसिना आइरहेको थियो । हामीले टर्च बालेर पनि त्यसलाई हेर्यौं ।’ त्यसपछि बेकीले आफ्नी आमालाई फोन गरिन् । आमाले उनलाई १११ मा फोन गर्न भनिन् । यही बेला बेकीका पिताले उनलाई बच्चालाई लिएर तत्काल अस्पताल जान भने ।

बेकीका अनुसार अस्पतालमा डाक्टरले हेर्नुभन्दा पहिले एक नर्सले बच्चाको मुख खोलेर हेरिन् । बच्चाको मुखमा परेको प्वाल हल्का चम्किरहेको थियो । नर्सले जब नजिकै गएर हेरिन् त्यसपछि मात्रै थाहा भयो बच्चाकी आमाले जसलाई प्वाल सम्झिरहेकी थिइन् त्यो एक हानीरहित स्टिकर थियो जुन कुनै तरिकाले बच्चाको तालुमा गएर टाँसिएको थियो । यो एकदमै सामान्य स्टिकर थियो । सम्भवतः त्यो स्टिकर घरमा ल्याइएको कुनै सामानमा टाँसिएको थियो र पछि त्यो स्टिकर कुनै किसिमले बच्चाको मुखमा पुगेको थियो ।

प्वालको वास्तविकता थाहा पाएपछि बेकीले आफूलाई निकै लज्जित महसुस गरिरहेकी थिइन् । तैपनि उनले यो घटना अरुसँग साझा गरिन् ताकि अन्य मातापिता यस किसिमले नझुक्किउन् । महिलाले भनिन् ‘जब म बच्चालाई लिएर अस्पताल पुगें त्यसपछि हामीले नर्सलाई ढोकामै यसबारे बतायौं । उनीहरुले अर्को वार्डमा रिफर गर्ने कुरा गरिरहेका थिए । यही क्रममा एक नर्सले मलाई टर्च बालेर हेर्न दिनु भनिन् । करिब ३० सेकेण्डपछि उनले यो स्टिकर हो भनिन् । उनले अब त्यो प्वाल हेर्नुस् भनिन् अनि मुखमा हात हालेर स्टिकर निकालेर देखाइन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *