कोरोनाको भारतीय भेरियन्टमा खोपले काम नगर्ने दावी

डिसी नेपाल
१ जेठ २०७८ १९:३२

काठमाडौं। कोरोना भाइरसको भारतीय भेरियन्टमाथि हालसम्म बनेको खोपले काम नगर्ने दावी गरिएको छ। एक बेलायती अध्ययनले कोरोना भाइरसको भारतीय भेरियन्ट (बी१.६७२.१) मा खोप प्रभावकारी नभएको दावी गरिएको छ।

बेलायतका एक प्रमुख वैज्ञानिकले भारतीय भेरियन्टमा खोप प्रभावकारी नभएको दावी गरेको समाचार भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन्। ती बेलायती वैज्ञानिक बेलायतमा जारी खोप अभियानमासमेत संलग्न छन्।

बेलायती वैज्ञानिकले कोरोनाको बी१.६७२.१ भेरियन्ट भारतमा पहिलो पटक पुष्टि भएको जनाएका छन्। यो भेरियन्ट तिब्र रुपमा फैलिनेसमेत दावी गरिएको छ। बेलायतमा समेत यो भेरियन्ट तिब्ररुपमा फैलिएको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बी१.६७२.१ भेरियन्टबारे अध्ययन गरिरहेको छ। बेलायतका विभिन्न भागमा यो भेरियन्ट तिब्र रुपमा फैलिँदा बेलायतमा अनलक योजना ढिलो हुनेसमेत आशंका बढेको छ। तर, यो भेरियन्ट कति छिटो फैलिन्छ भन्नेमा यकिन भने भइसकेको छैन। वैज्ञानिकहरुले यो भेरियन्टमा खोप प्रभावकारी नहुनेसमेत दावी गरेका छन्।

नेपालमा हालसम्म बेलायती भेरियन्टमात्र पुष्टि भएको छ। तर भारतमा कोरोनाको दोस्रो लहर शुरु भएको केही हप्तापछि नेपालमा संक्रमणका केसहरु बढेका थिए।

अहिले नेपालमा पनि भारतकै जस्तो भयाहव स्थिति बनेको छ। तर, नेपालमा भारतीय भेरियन्ट फैलिएको वा नफैलिएको भन्ने पुष्टि भएको छैन। नेपालमा जिनसिक्वीसिंग नहुने भएकाले भेरियन्टबारे पत्ता लगाउन नसकिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *