आज जेठ २ गते, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल – Dcnepal

आज जेठ २ गते, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

आज वि.सं.२०७८ साल जेठ २ गते, आइतबार । सन् २०२१ मे १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्ल पक्ष । पञ्चमी तिथी। चन्द्रमा  सिँह कन्याराशीमा। काठमाडौंमा सूर्योदय बिहान ५ः २५ र सूर्यास्त बेलुकी ६ः३९ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायिक छोटो यात्राहुनेछ । नयाकाममा पराक्रम बढ्नेछ । जिम्मेवारी सामना गर्नु पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खानपिनमा रमाइलो मिल्नेछ । मीठो बाेली बिक्नेछ । धन लाभको योग पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काममा खर्च हुनेछ ।स्वास्थ्यमा प्रगति हुनेछ । परिवारसँग रमाइनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि काममा लगानी बढ्नेछ । सरसामान हराउन सक्नेछ । आर्थिक क्षति वेहोर्नु पर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) किनमेलमा खर्च हुनेछ । कृषि काममा लाभ पाइनेछ । व्यापारमा सन्तोष मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) ठुलाबडाले साथदिनेछन् । सामाजिक काममा चर्चा मिल्नेछ । सरकारी साथपाइनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काममा व्यस्तता बढ्नेछ । अधुरा काम बन्नेछन् । वैदेशिक फाइदा मिल्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक अपजसको भय हुनेछ । काम बीचमा रोकिनेछ । गुप्त शत्रु जाग्नेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । राम्रो काममा खर्च हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दानीले साथदिनेछ । अध्ययन क्षेत्रमा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  घरायसी काममा विवाद हुनेछ । पैतृक धनको अशान्तिले पिर्नेछ । सन्तानलाई विसन्चो बढ्नेछ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो