एम्बुलेन्स बाटोमा रोकेर एउटी युवतीसँग ३ पुरुषको मस्ती ! एम्बुलेन्स हल्लिएपछि खुल्यो पोल

डिसी नेपाल
२ जेठ २०७८ १५:२४

काठमाडौं। काठमाडौं। कोरोनाभाइरस महामारीको संक्रमण बढिरहेका बेला अहिले बिरामीका लागि एम्बुलेन्स पाउन निकै कठिन छ । अस्पतालमा बेड, भेन्टिलेटर, अक्सिजनसँगै अस्पताल लैजाने एम्बुलेन्स पाउन पनि निकै गाह्रो छ । मानिसहरु बिरामी लैजान र शव लैजान एम्बुलेन्स नपाएर निकै कष्टसाथ काम चलाइरहेका घटना अहिले प्रशस्तै देखिन्छन् । तर, दुषित सोच भएका मानिसहरुलाई यसले केही फरक पार्दैन । यस्तै घटना भारतको वाराणसीमा भएको छ ।

बाटोको छेउमा रोकेर राखिएको एक एम्बुलेस्नभित्र एउटी युवतीसँग ३ जना पुरुषले मस्ती गरिरहेको खुलासा भएको छ । भारतीय मिडियाका अनुसार वाराणसीको रामनगर थाना क्षेत्रमा पर्ने सुजाबादमा घटना भएको हो । यहाँ एक एम्बुलेन्सभित्र अनैतिक काममा संलग्न ३ पुरुष र एक युवतीलाई पुलिसले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरि हिरासतमा राखिएको छ । घटनाको खुलासा त्यहाँका स्थानीयले त्यो एम्बुलेन्स हल्लिइरहेको देखेपछि भएको थियो ।

स्थानीयले त्यहाँ रोकेर राखिएको बन्द एम्बुलेन्स हल्लिरहेको देखेका थिए तर लामो समयसम्म एम्बुलेन्स त्यहीँ रहेपछि उनीहरुले पुलिसलाई खबर गरेका थिए । पुलिस आएर हेर्दा एम्बुलेन्सभित्र १ युवती र तीन युवक अनैतिक काम गर्दै थिए । उनीहरुलाई पक्राउ गरी सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । एम्बुलेन्स पनि जफत गरिएको छ ।

एम्बुलेन्स स्थानीय गंगा सेवा सदन नामको अस्पतालको भएको पाइएको छ । अस्पतालले एक युवकलाई भाडामा उक्त एम्बुलेन्स चलाउन दिएको थियो ।पुलिसका अनुसार यो अस्पतालका यसअघि पनि गुनासो र अनियमितता आइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *