उपत्यकामा निषेधाज्ञाको १९औं दिन : चक्रपथको एक फन्को (फाेटाेफिचर)

विनय शेखर
३ जेठ २०७८ ९:१६

काठमाण्डौ। काठमाण्डौ उपत्यकामा निषेधाज्ञा शुरु भएको  १८ दिन पूरा भयो। कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा जेठ १२ गतेसम्म कायम छ।

स्थिति नियन्त्रण बाहिर गएन वा कोरोना संक्रमण नियन्त्रणमा आउने दुबै अबस्थामा अझ केही समय निषेधाज्ञा थपिने संभावना छ। पछिल्लो तीनदिनयता परीक्षण, संक्रमण र मृत्यु हुनेको संख्यामा थोरै कमी आएसँगै जनमानसमा आशा सञ्चार भएको छ।

निषेधाज्ञा कडा रुपमा लागू गराउन सडकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। एकाबिहानै एक चक्कर लाउँदा चक्रपथ प्राय: सुनसान थियो। चक्रपथ बाहिरका शहर, गाउँ र बस्तीबाट शहर छिर्ने प्रमुख स्थानहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लै थियो।

चक्रपथमा सवारी साधन र मानिसको चहलपहल पातलो देखियो। परिचयपत्र नबोकी निरुद्देश्य हिडेका सवारी चालकहरु सुरक्षाकर्मीको नियन्त्रणमा थिए।

झन्डै २८ किलोमिटर चक्रपथलाई साइकलबाट एक फन्को लगाएका डिसी नेपालका विनय शेखरको लेन्सबाट हामी पनि चक्रपथको फन्को लगाउँ न त!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *