सन्ध्या जोशीको नेपाली गीत सुस्ता सार्वजनिक (भिडियो)
काठमाडौं। पर्दा प्रोडक्सनको प्रस्तुतिमा सन्ध्या जोशीको नेपाली आधुनिक गीत सुस्ता सार्वजनिक भएको छ। पर्दा प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।
गीत शब्द र संगीत सन्ध्या जोशी रहेको छ।
गीतमा जोशी र उल्सन श्रेष्ठको सुमधुर स्वर रहेको छ। गीतको म्यूजिक प्राड्यूस रिकेश गुरुङले गरेका छन्। म्यूजिक भिडियोमा सन्ध्या जोशी, उल्सन श्रेष्ठ, मनोज थापा मगर, सुरशा ओझा, अनीता चन्द र सिर्जन गुरुङको बेजोड अभिनय रहेको छ।
अभि लामा कोरियोग्रफर रहेको म्यूजिक भिडियोको छायाँकन हरि घलेले गरेका हुन्। म्यूजिक भिडियोले युट्युब च्यानलमा राम्रो रेस्पोन्स पाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment