१ क्वीण्टल गाँजासहित ३ जना पक्राउ
मकवानपुर । हेटौंडामा एक क्वीण्टल गाँजासहति ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ट्रकको हुटमा बनाइएको फल्स बटममा लुकाईछिपाई हेटौंडा तर्फ लैजादै गरेको उक्त गाँजा प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ट्रकका चालक काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका ४९ वर्षीया आईते बहादुर ठाडामगर, मकवानपुरको भिमफेदी गाउँपालिका ९ का ४१ वर्षीया ऐक्ला भनिने राजकुमार तामाङ र कैलाश गाउँपालिका ५ का ३६ वर्षीय सिवन भन्ने सुबिन रुम्बा रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुलाई हेटौंडा उपमहानगरपालिका १ स्थित सडकबाट ना २ ख ९८६२ नम्बरको ट्रकसहित पक्राउ गरिएको हो। ट्रक र चालक पक्राउ परेपछि प्रारम्भिक अनुसन्धानबाट अरु दुईजनाको नाम खुलेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment