साथीलाई मृत अवस्थामा भेटेपछि उनै मृतक साथीको पैसा चोरेर रेष्टुरेन्ट गइन् महिला

डिसी नेपाल
४ जेठ २०७८ १६:२२

काठमाडौं। एक सामान्य मान्छे आफ्नो कुनै नजिकको साथीको घरमा जाँदा ती साथीलाई मृत अवस्थामा फेला पारेमा पक्कै पनि छरछिमेकी वा प्रहरीसँग गुहार माग्छ । तर, के कुनै साथीले मृतक साथीको पैसा चोरेर भाग्न सक्ला ? बेलायतकी उक महिला भने मृतक साथीको पैसा चोरेर भागेकी छिन् ।

बेलायतको ग्रेटर म्यान्चेस्टरकी जेन गोडफ्रे नामकी महिलाको केही समय पहिले निधन भएको थियो । उनको मृत्युपछि उनको बैंक कार्ड हराइरहेको थियो र उनको घरमा उपलपुथल पारिएको थियो । पुलिसले अनुसन्धानमा यो सबको लागि जेनकी साथी टेरेली येट्स जिम्मेवार भएको पायो । खासमा त्यस दिन टेरेजी जेनको घर पुग्दा जेनको मृत्यु भइसकेको थियो । त्यसपछि टेरेलीले ९९९ मा फोन गरिन् तर पारामेडिक्स आउनुभन्दा पहिल्यै उनी जेनको बैक कार्ड लिएर हिँडिन् ।

यस विषयमा जेनकी छोरी सेडी बर्डले भनेकी छिन् ‘यस्तो त तपाइँ हरर फिल्महरुमा पनि देख्नुहुन्न । म आफ्नी आमाको घर जाँदा त्यहाँ उपलपुथल मच्चिएको थियो । उहाँका बैंक स्टेटमेन्ट त्यहीँ थिए तर उहाँको ब्याग र पर्स पूरै खाली थिए । मेरी आमाको ल्यापटप पनि त्यहाँ थिएन । मलाई लाग्दैन कि कुनै पनि मानिसले यतिसम्म घटिया हर्कत आफ्नो साथीसँग गर्छ ।’ सेडीका अनुसार पुलिसले जाँच गर्दै गएपछि उनकी आमाको कार्ड लिएर टेरेली पेट्रोल स्टेशन र म्याकडोनाल्डस गएको खुलासा भएको थियो ।

सेडीले अगाडि भनिन् ‘मेरी आमा यो सबको लायक हुनुहुन्नथ्यो । यदि टेरेलीलाई पैसा चाहिएको थियो भने उनी माग्न सक्थिन् । तर उनले जसरी असंवेदनशील व्यवहार देखाइन् त्यसबाट म दुखी छु ।’ उनले कोरोनाभाइरस महामारीका कारण उनले आफ्नी आमाको ठिकसँग अन्तिम संस्कार गर्न समेत नपाएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *