स्पेनबाट स्वास्थ्य सामग्री नेपाल आउँदै

डिसी नेपाल
४ जेठ २०७८ १६:३३

काठमाडौं। नेपालमा कोरोना महामारी फैलिएसगैं स्वास्थ्य सामग्रीको अभाव भएपछि विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकहरुले कोरोना विरुद्धको स्वास्थ्य सामाग्रीको सहयोग जुटाउदै आएका छन्।

यसै क्रममा स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले स्पेनमा रहेका गैरआवासीय नेपाली, स्पेन सरकार र सामाजिक संस्थाहरूबाट जुटेको सहयोगबाट कोरोनाविरुद्ध स्वास्थ्य सामग्री बुधबार नेपाल आइपुग्ने जानकारी दिएकी छन्।

राजदूत शेर्पाले दुई हप्ताको लगातार समन्वयपछि बुधबार कोरोनाविरुद्ध स्वास्थ्य सामग्री नेपाल आइपुग्ने ट्वीटरमार्फत जानकारी दिएकी छन्।

यूरोपमा नेपाली विमान प्रतिबन्धित भएकाले वैकल्पिक उपायबाट अत्यावश्यक मेडिकल सामग्री बुधबार नेपाल पठाउने तयारी दूतावासले गरेको उनले बताइन्।

गैरआवासीय नेपाली संघले पनि नेपाली समुदाय र अरू कल्याणकारी संस्थाहरूबाट सहयोग संकलन गरिरहेकाे छ । युरोपेली युनियनले समेत नेपाललाई २८ करोड रकम बराबरको स्वास्थ्य सामाग्री सहायता उपलब्ध गराउने घोषणा गरेको राजदूत शेर्पाले जानकारी दिएकी छन्।


कोरोना भाइरस महामारीको संक्रमण तीव्र भएसँगै सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरु बन्द गरेको छ। तर, यही बीचमा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने अन्तर्राष्ट्रिय चार्टर उडानहरु भने भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *