फोटो एडिट गरिएको होइन, बालिका सडकमा भासिएकी पनि होइनन्, के हो वास्तविकता ?

डिसी नेपाल
५ जेठ २०७८ १८:०४

काठमाडौं। इन्टरनेटको संसारमा हनौठा चीजहरु भाइरल हुन समय लाग्दैन । यस्तै एक तस्वीर अहिले भाइरल भइरहेको छ । यो फोटो झट्ट हेर्दा बालिकाको आधा शरीर कंक्रिटको सडकमा भासिएको जस्तो लाग्छ । तर, यसको वास्तविकता अर्कै छ । यो फोटो अमेरिकाकी एक महिलाले सामाजिक संजालमा पोस्ट गरेकी हुन् ।

भाइरल भइरहेको यो फोटो देखेर सामाजिक संजालमा प्रयोगकर्ताहरु निकै अल्मलिइरहेका छन् र नयाँ नयाँ तर्क दिएर यो कसरी भयो भन्ने बताइरहेका छन् । यो फोटोमा भएकी बालिका फोटो सामाजिक संजालमा पोस्ट गर्ने महिलाकी छोरी हुन् । यो फोटो यही मे महिनाको सुरुवातमा सामाजिक संजाल रेडिटमा पोस्ट गरिएको थियो । फोटोमा गुलाबी कपडा लगाएकी एक बालिका फोनमा केही गरिरहेकी देखिन्छिन् । बालिकाको आधा शरीर कंक्रिटको सडकमा भासिएको देखिन्छ ।

महिलाले यो फोटो सामाजिक संजालमा पोस्ट गर्दै प्रयोगकर्तालाई उनकी छोरीको शरीरको आधा भाग कहाँ छ भनेर सोधेकी छिन् । प्रयोगकर्ताहरुले पनि यो फोटो दृष्टि भ्रम हो वा यो फोटो खिच्न कुनै अनौठो प्रविधि अपनाइयो भन्ने जान्न उत्सुकता देखाइरहेका छन् । द सनका अनुसार यो फोटोमा मानिसहरुले ठूलो संख्यामा कमेन्ट गरिरहेका छन् । खासमा यो फोटोमा भएकी बालिका सडकमा उभिएकी छिन् र एउटा पर्खालमा आड लगाइरहेकी छिन् । उनले एउटा हातको कुहिनोले पर्खालमा टेकेकी छिन् । उनको शरीरको तल्लो भाग पर्खालले छेकिएको छ त्यसैले देखिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *