बेलायती र स्पेनिश विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको वार्ता, मागे स्वास्थ्य सहयोग

डिसी नेपाल
५ जेठ २०७८ १९:१६

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार बेलायतका विदेश मन्त्री र स्पेनका विदेशमन्त्रीसँग कोरोना महामारीबारे वार्ता गरेका छन्। परराष्ट्र मन्त्रलयका अनुसार बेलायती विदेशमन्त्री लर्ड अहमदसँग भर्चुअल वार्ता गरेका छन्।

वार्ताका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले बेलायतले नेपालमा कोरोनाविरुद्धको लडाइँमा गरेको सहयोगका लागि धन्यावाद दिएका छन्। मन्त्रलयका अनुसार मन्त्री ज्ञवालीले आगामी दिन पनि बेलायतको सहयोग जारी रहने विश्वास व्यक्त गरेका छन्। उनले नेपालको वर्तमान स्वास्थ्य अवस्थाबारे कुरा गर्दै बेलायती सहयोगको अपेक्षा गरेका छन्।

जवाफमा बेलयाती विदेशमन्त्री अहमदले नेपाललाई बेलायतले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने बचन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुबै देशका मन्त्रीहरु आपसी सम्बन्ध प्रगाढ बनाउन तथा सहयोग आदाप्रदान गर्न सहमत भएका छन्।

यस्तै मन्त्री ज्ञवालीले स्पेनकी विदेश मामिला मन्त्री अरन्चा गोन्जालेज लियासँग टेलिफोन वार्ता गरेका छन्। वार्ताका क्रममा नेपालको कोरोनाविरुद्धको लडाइँमा स्पेनको सहयोगका लागि धन्यावाद दिएका थिए। सो क्रममा विहीबार स्पेनबाट स्वास्थ्य सामाग्री नेपाल आउन लागेको विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। स्पेनमा रहेका नेपालीहरुको सहयोग र समन्वयमा विहीबार स्पेनबाट स्वास्थ्य सामाग्री नेपाल आउँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *