काँग्रेसको पदािधकारी बैठक बस्दै

डिसी नेपाल
७ जेठ २०७८ ८:०४
68
Shares

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ। राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान गरिएपछि काँग्रेसले छलफल गर्न भन्दै पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक बस्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन्। बैठकमा साेही विषयमा छलफल हुने बताइएकाे छ।

काँग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *