टेकु अस्पताल र छत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर प्रदान

डिसी नेपाल
८ जेठ २०७८ १२:२१

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालय,क्षेत्रपाटीलाई २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको छ।

शुक्रबार महानगकार प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशकहरुविच सम्झौता गरेर उपकरण प्रदान गरिएको हो। काठमाडौँ महानगरपालिकालाई यी उपकरण भगिनी सहर तिव्वतको ल्हासाले महामारी विरुद्धको लडाइँमा सघाउन पठाएको हो।

उपकरण हस्तान्तरण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले भने, आजैदेखि भेन्टिलेटर सञ्चालनमा ल्याएर जनताको जीवन बचाउन थाल्नोस्।’

काठमाडौँ महानगरले अहिले सबै काम थाँती राखेर जनताको जीवन बचाउन प्रयास गरिरहेको महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको थियो। यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महानगरले आन्तरिक संरचना र क्षमताबाट आफैँ र सरकारी तथा सामुदायिक अस्पतालहरुलाई सहयोग गरेर वृहत्तर रुपमा कोविड विरुद्ध काम गरिरहेको बताए ।

भेन्टिलेटर प्राप्त गरिसकेपछि टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले, कोविड संक्रमणले स्वास्थ्य क्षेत्रलाई कठिन ठाउँमा लगेका बेला महानगरबाट भेन्टिलेटर प्राप्त भएपछि अस्पताल थप सेवा दिन सक्ने भएको उल्लेख गरे ।

त्यस्तै, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आफ्नो अस्पताललाई कोविड अस्पताल बनाउन थप बल पुगेको बताए । छत्र पाटी चिकित्सालय महानगरको कोविड अस्पताल हो। यो सञ्चालनको अन्तिम तयारीमा छ।

काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोविडको उपचारमा क्षमता बढाउन विभिनन खालका सहयोग गरिसकेको छ ।

यसबाट काठमाडौँको सामाखुशीमा २ सय वेडको आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी अस्पतालमा ५० वेडको इचडीयू सञ्चालनमा आइसकेको छ । यसैगरी छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ।

ती अस्पतालहरुमा थप ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहितका उपकरण जडान हुँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *