इमाडोलको सेनिटाइजर कम्पनीमा प्रहरीको छापा

डिसी नेपाल
९ जेठ २०७८ १८:३७

काठमाडौं । ललितपुरको इमाडोलमा गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा प्रहरीले छापामा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार दिउँसो छापा मारेको हो । ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिले गुणस्तरहीन सेनिटाइजर उत्पादन गरेको पाइएपछि महाशाखाले छापा मारेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग गरेको पाइएको एसपी कोइरालाले जानकारी दिए । प्रहरीले कम्पनीका सञ्चालक सुनसरी घर भएका आशीष प्याकुरेल पक्राउ परेका छन् । सो कम्पनीले उत्पादन गरेको १० ट्रक (करिब ३०÷४० हजार लिटर) सेनिटाइजर पनि बरामद गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *