किन छिरे पूर्वसेनापति कटवाल भारतीय दूतावासमा लुसुक्क?

डिसी नेपाल
१० जेठ २०७८ ८:५०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीलाई समेटेर नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको बेला भूतपूर्वप्रधानसेनापति रुक्मांगद कटवाल भारतीय दूतावासमा लुसुक्क छिरेका छन्।

जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो विगत केही दिनदेखि नयाँ सरकार गठनका लागि लैनचौरस्थित भारतीय दूतावासमा परामर्श जाने गरेको सन्दर्भमा पूर्वसेनापति कटवालको दूतावास प्रवेशलाई जोडेर हेरिएको छ।

एक उच्च सुरक्षा स्रोतका अनुसार, कटवाल मधेसी दलका तर्फबाट ओली सरकारमा सहभागी हुन चाहन्छन्। उनले ओली सरकारमा गृहमन्त्री भएर मुलुकको सेवा गर्न चाहेको सूचना सुरक्षा निकायहरुलाई आएको छ।

कटवाल मधेसी दलका तर्फबाट ओली सरकारमा सहभागी हुन चाहन्छन्। उनले ओली सरकारमा गृहमन्त्री भएर मुलुकको सेवा गर्न चाहेको सूचना सुरक्षा निकायहरुलाई आएको छ।

स्रोतका अनुसार, कटवाल हिजो दिउँसो भारतीय दूतावास पसेका थिए। शुरुमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग भेट गर्न गएको भनिए पनि उनले राजदूतसँग भेट गर्न पाएनन्। राजदूतले आफू व्यस्त भएको जानकारी उनलाई दिएपछि सेकेन्डम्यान र अन्य केही अधिकृतहरुसँग भेट गरेर उनी फर्किएका छन्।

नेपालको राजनीतिका बारेमा पारदर्सिता र जवाफदेहिताको वकालत गर्दै सामाजिक सञ्जालहरुमा निकै कडा आलोचनात्मक टिप्पणी गर्ने कटवालले आफू किन दूतावास छिरेको वा कुन वाध्यताले पूर्वसेनापतिको हैसियतको मानिस दूतावास पस्नु परेको हो भन्नेबारे केही कुरा सार्वजानिक गरेका छैनन्।

उनले हालै भारतको सत्तारुढ दल बीजेपीको मातृ संगठन भनेर चिनिएको राष्ट्रिय स्वयंसेवक संघका केही कार्यक्रमहरुमा भाग लिने गरेको सूचना सुरक्षा निकायहरुमा प्राप्त भएको बताइएको छ। ती कार्यक्रमहरुमा उनले नेपालमा छाडातन्त्र हावी भएको भन्दै कुनै न कुनै रुपमा राजतन्त्रलाई ठाउँ दिनुपर्ने कुराको वकालत गर्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *